पोखरा महानगरपालिकामा ११९ जनाले लिए उम्मेदवारी फिर्ता

Pokhara mahanagar final

काठमाडौँ । पोखरा महानगरपालिकाका ५ जना मेयर र ३ जना उपमेयरका उम्मेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी फिर्ता लिनेमा तीन जना दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसका बागी उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेदवारहरू भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् ।

पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन् । त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरूले नाम फिर्ता लिएका छन् । कतिपय उम्मेदवार आफैले उम्मेदवारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मेयर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...