महानगरका उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति देउवालाई दिने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय

Deuba

काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिने निर्णय गरेको हो ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रमा प्राप्त भएका नाममध्ये काठमाडौं, विराटनगर र ललितपुर महानगरपालिकाका प्रमुख तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी विधान अनुसार सभापति देउवालाई प्रत्यायोजन गर्ने निर्णय भएको हो । त्यसैगरी बैठकले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन रहने निर्णयसमेत गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...