उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

Congress

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठक स्थगित गरेर पदाधिकारी र पूर्वपदाधिकारीसँग अनौपचारिक संवाद जारी राखेका थिए। 

कांग्रेसले महानगर र उपमहानगरका लागि केन्द्रबाट उम्मेदवार छान्न लागेको छ । कांग्रेस विधानअनुसार उम्मेदवारलाई टिकट दिन केन्द्रीय संसदीय समिति बन्नुपर्छ । तर सभापति देउवाले संसदीय समिति बनाएका छैनन् । कांग्रेसले छ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाएको छ भने अन्य केहीमा उपमेयर र उपमहानगरमा पनि कतै मेयर र कतै उपमेयर लिएर सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...