स्थानीय तह निर्वाचनका लागि काँग्रेस बागमती प्रदेशले तोक्यो जिल्ला संयोजक

Congress

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रदेश अन्तर्गतका जिल्लाहरुमा संयोजक तोकेको छ ।

सभापति इन्द्रबहादुर बानियाँले पार्टी र तालमेल गरिएका दलहरूका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरू तोकेका हुन् ।

नेपाली काँग्रेस बागमती प्रदेशले एक विज्ञप्ति जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको जानकारी दिएको छ ।

काँग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोट जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजकमा तोकेको छ ।

त्यस्तै भक्तपुर कृष्णलाल भँडेल, मकवानपुर निमा लामा, धादिङ सन्तबहादुर प्रजा, दोलखा प्रभात तामाङ, रसुवा लामाकार्पु तामाङ, सिन्धुली दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी सूचित गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...