६ महिनामा सकियो कांग्रेसका सबै तहको निर्वाचन, नेतृत्वमा देउवा पक्षकै वर्चश्व

Congress meeting

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले ६ महिना लगाएर आफ्नो १४ औँ महाधिवेशन अन्तर्गतमा सबै संरचनाको नेतृत्व चयन सम्पन्न गरेको छ । महाधिवेशनअन्तर्गत कांग्रेसले वडादेखि केन्द्रसम्म गरी सात तहको नेतृत्व चयन गर्न ६ महिना लगाएको हो ।

कांग्रेसले केन्द्र, सात प्रदेश, ७७ वटै जिल्ला, १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्र, ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडामा नेतृत्व चयनको प्रक्रिया पूरा गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार गत भदौभित्रै महाधिवेशन गरिसक्नुपर्नेमा कांग्रेसले तीन महिना ढिला गरी केन्द्रीय महाधिवेशन गरेको थियो । भदौ १८ देखि वडा अधिवेशन सुरू गरेर मंसिरमा केन्द्रीय महाधिवेशन भएको थियो । तर, केन्द्रीय महाधिवेशन अगावै सम्पन्न गर्नुपर्ने १६ जिल्लाको अधिवेशन भने बाँकी थिए । आइतबार सिन्धुपाल्चोक र बाराको जिल्ला अधिवेशन सकिएसँगै कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतका नेतृत्व चयन सम्पन्न गरेको हो ।

आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ । दोस्रो पटक काँग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् । ७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ ।

नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन् । प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षको वर्चश्व छ । लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ ।

१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ । विगतको संस्थापन इतर पक्ष तितरवितर हुँदा पनि शेखर पक्ष विकल्पका रुपमा उदाएको छ । महाधिवेशनपछि अधिवेशन भएको सबै जिल्लामा शेखर पक्षले प्रतिस्पर्धा गरेको थियो ।

चितवन, बाँके, सिन्धुली र सप्तरीमा देउवा पक्षलाई पराजित गरेर नेतृत्व लिन शेखर पक्ष सफल भएको छ । महाधिवेशनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा निर्वाचित दुई दर्जन जिल्ला सभापति शेखर कोइराला पक्षमा उभिएका छन् ।

देउवा पक्ष – प्रदेश १

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की – उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

शेखर पक्ष – प्रदेश १

१.अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

२. विष्णु राई – खोटाङ

३. विनोद बान्तवा – भोजपुर

४. डिगबहादुर लिम्बू – मोरङ

५. केदार भण्डारी – सुनसरी

शशांक कोइराला पक्ष –प्रदेश १

१. दीपक खड्का– संखुवासभा

सिटौला पक्ष – प्रदेश १

१. देउकुमार थेबे – झापा

देउवा पक्ष – मधेस प्रदेश

१. जनार्दनसिंह क्षेत्री – पर्सा

२. सुरेन्द्रप्रसाद सिंह – सर्लाही

३. सुनिलकुमार यादव – रौतहट

४. राजेश राय यादव – बारा

५. रामचन्द्र यादव – सिरहा

६. नागेश्वर यादव– महोत्तरी

विमलेन्द्र निधि पक्ष– मधेस प्रदेश

१. योगेन्द्र पजियार – धनुषा

शेखर पक्ष – मधेस प्रदेश

१. रामदेव साह– सप्तरी

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

६. बुद्ध लामा – मकवानपुर

७. जंगबहादुर तामाङ – सिन्धुपाल्चोक

शेखर पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३. रामनाथ अधिकारी – धादिङ

४. राजेश्वर खनाल – चितवन

५. उपेन्द्र पोखरेल – सिन्धुली

प्रकाशमान सिंह – बागमती प्रदेश

१. कृष्ण बानियाँ (सबुज) – काठमाडौं

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४. डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६ .जीतप्रकाश आले – तनहुँ

शेखर पक्ष – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

शशांक पक्ष– गण्डकी प्रदेश

१. महेन्द्रध्वज जिसी – नवलपुर

सिटौला पक्ष – गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

शेखर पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्युठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुल कलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी – गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

९. नारायण गौडेल – बाँके

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

४. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

शेखर पक्ष – कर्णाली प्रदेश

१.अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२. खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी – कञ्चनपुर

५ पुष्पबहादुर शाह – अछाम

६. नारायणदत्त भट्ट – कैलाली

शेखर पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२.चतुरबहादुर चन्द – बैतडी

३. ललितसिंह बोहरा – दार्चुला

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...