पत्रकार एलवी विश्वकर्माको पाटन अस्पतालमा निधन

Lb bk

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

करिव एक सातादेखि सामान्य विरामी रहेका पत्रकार विश्वकर्मालाई स्वास प्रस्वासमा समस्य देखिएपछि नयाँ वानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । तर सो अस्तालले गेटबाटै फर्काइदिएपछि तत्काल पाटन अस्पताल लगेर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्‍ने युवा लेखकका रुपमा परिचय बनाएका थिए । उनको शव पाटन अस्पतालमै छ ।

प्रतिकृया दिनुहोस