कांग्रेस सभापति, महामन्त्री र शशांकलाई उछिनेकी मुक्ताले कसरी पाइन् पपुलर भोट ?

Mukta yadav.jpg

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याएकी छन् ।

मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले ३९६० मत प्राप्त गरेकी छन् । अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।

यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री एवं विपी पुत्र डा. शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए । शशांकभन्दा पनि अगाडि बढेर मुक्ताले १२४ मत बढी ल्याइन् । मुक्ताले लोकप्रिय ३०२३ मत पाएका महामन्त्री गगन थापालाई पछि उछिनेकी छन् ।

२७३३ मत पाएर निर्वाचित सभापति शेरबहादुर देउवालाई पनि उछिनेकी मुक्ताले कसरी यति धेरै मत ल्याइन् भनेर कांग्रेसमा चर्चा सुरु भएको छ ।यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुलेकी थिइनन् । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाएकी छैनन् ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उनको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उनको निष्कर्ष छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...