मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, अरुमा देउवा प्यानलकै बर्चश्व (मत परिणामसहित)

Mat ganana 4

काठमाडौं । नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ । मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् । उनले २ हजार ९ सय ४० मत पाएका छन् ।

एनपी साउद, बालकृष्ण खाँण उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायत नेताहरु जित नजिक पुगेका छन् । ३५ भित्र देउवा प्यानलका उम्मेदवारहरुको वर्चस्व देखिएको छ । गणेश लामा ३२ औँ नम्बरमा छन् भने मनोजमणि आचार्य ३६ औँमा छन् ।

१४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले अब एक सातामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...