नेपाली कांग्रेसको १४औँ महाधिवेशन : सभापति छान्न दोस्रो चरणको मतदान शुरु

Congress 2nd matdan

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयन गर्न फेरि मतदान शुरू भएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा. शेखर कोइराला सभापतिका उम्मेदवार छन् ।

केन्द्रीय कार्यसमितिको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि फेरि मतदान शुरू भएको हो । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको छ ।

अपराह्न साढे ३ देखि शुरू मतदान साँझ साढे ७ बजेसम्म हुने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो ।

मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कुल ७६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

भृकुटिमण्डपस्थित मतदान स्थल परिसरमा अहिले सभापतिका प्रत्यासी शेखर कोइराला मतदाताहरुसँग मत मागिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...