चाक्सीबारीमै यसरी मिल्यो कुरा : देउवालाई प्रकाशमानको साथ

Deuba prakashman

काठमाडौं । प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका थिए । देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ छ । ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन् ।

पहिलो चरणमा देउवालाई ८२ मत अपुग भएको थियो। कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याए फेरि मतदानबाट नेतृत्व चयन गर्नु पर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...