प्रतिनिधिलाई सान्त्वना दिन गरिएको चियापानमा लाग्यो रामचन्द्र पौडेलविरुद्ध नारावाजी

Ramchandra paudel

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित बैंक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो ।

पौडेलले सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । मनोनयन दर्ताकै राति प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई भेटेर तठस्थ बस्न आग्रह गरेपछि उनी समर्थित नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।

कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तैंले यो गर्नुपर्छ भनेर हुँदैन । लोकतन्त्र भनेको आफ्नो आत्माले लागेको कुरा गर्ने हो । मतदान भनेको मनको आवाज सुन्नु हो । मतदानका लागि मतदाताको मन जित्नुपर्छ । तपाईंहरूले यो कुरा मनमा राख्नुहोला ।’

पौडेलले प्रतिस्पर्धाबाट बाहिरिए पनि आफूले पार्टी एकताको लागि भूमिका खेल्ने बताए । मैले यो चियापान पार्टी एकताको लागि हो । यो चुनावी सभा होइन’ उनले भने, ‘मैले पार्टीभित्र आत्मीयता र हार्दिकता विकासको लागि हो । कांग्रेसको बीचमा सद्भाव जित्नको लागि यो चियापान हो ।’

उनले चुनावलाई लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुन दिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे । चुनावको नतिजा प्रभावित गर्न आफूले चियापान समारोह आयोजना नगरेको उनको सन्देश थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...