पास भयो कांग्रेसको आर्थिक, सांगठनिकसहित ३ वटा प्रतिवेदन

Congrss miting

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पार्टी कार्यालय, सानेपामा बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको राजनीतिक र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पास गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिष्कार गरेका थिए । काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । प्रवक्ता शर्माले महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिए । उनले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए ।

चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी भएनन् ।

प्रतिकृया दिनुहोस