विना निष्कर्ष टुंगियो चाक्सीबारी बैठक, शशांकले दिए पौडेललाई साथ

पौडेल भन्छन्, हाम्रो कुरा मिलिसक्यो, भोलीसम्म सार्वजनिक गर्छाैं

Congress 4  leader

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल विना निष्कर्ष टुंगिएको छ । सभापतिको साझा उम्मेदवार टुंगो लगाउन प्रकाशमान सिंह निवासमा बसेको बैठक विना निश्कर्ष सकिएको हो ।

यद्यपि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिएको बताएका छन् । नेताहरुका अनुसार बुधबार पुन छलफल हुनेछ । बुधबारको छलफलमा पौडेल पक्षका जिल्ला सभापति, पूर्वसभापतिहरु, प्रदेश समितिका सभापति तथा प्रदेश अधिवेशनमा पराजित पौडेल पक्षका उम्मेदवारहरु सहभागी हुनेछन् ।

पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । आफूहरूबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।

आजको छलफलमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् । उनले रामचन्द्र पौडेलको नाममा सहमति जुटेमा आफू दावी छाड्न तयार रहेको बताएका हुन् ।

कोइरालाले बैठकमा पौडेल सबैभन्दा सिनियर नेता भन्दै साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । कोइरालाको यो प्रस्तावपछि पौडेलको नेतृत्वमा इतर समूह महाधिवेशनमा जाने सम्भावना बढेको हो ।

त्यस क्रममा वरिष्ठ नेता पौडेलले सभापतिका आकांक्षी नेताहरुसँग एक्लाएक्लै छलफल गरेका थिए । उनले महामन्त्री कोइरालालाई आफूलाई समर्थन गर्न आग्रह गर्दै अरु नेताहरुलाई आफूले मिलाउने बताएका थिए । जवाफमा कोइरालाले ‘तपाईका लागि छाड्छु, अरुलाई मिलाउनुस्’ भनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए । ‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामी साथीहरूले विभिन्न कोणबाट छलफल गर्‍यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ,’ पौडेलले भने, ‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्‍यौं । महाधिवेशनमा कसरी पार्टी जोगाउन सक्छौँ भन्नेबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौँ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...