चाक्सीबारी भेला : बाहिर प्रदर्शन, भित्र उम्मेदवार छान्न रस्साकस्सी

Paudel vela

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्ना समूहबाट साझा उम्मेदवार छान्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरू अहिले चाक्सीबारीमा छलफल गरिरहेका छन् ।

सभापतिका आकांक्षीसमेत रहेका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सभापतिको साझा उम्मेदवार छान्ने बारे छलफल चलिरहेका बेला बाहिर भने नेताहरूलाई साझा उम्मेदवार बनाउन दबाब दिँदै नेताहरू प्रदर्शन गरेका छन् ।

मंगलबार साझा उम्मेदवार बारे छलफल गर्न पौडेल पक्षका नेताहरुको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । भित्र नेताहरुको बैठक चलिरहँदा बाहिर युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै दबाब दिएका छन् ।

दबाब समूह बनाएर युवाहरुले प्लेकार्डसहित धर्ना भएका छन् । उनीहरुले अहिले नमिले कहिले मिल्ने भन्दै जसरी पनि एकजुट भएर सभापतिको उम्मेदवार तय गर्न पौडेल समूहका नेताहरुलाई दबाब दिएका छन् ।
उनीहरूले ‘साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने’ जस्ता नाराहरू लेखिएका पोस्टर बोकेका छन् । राजेन्द्र बजगाई, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेल, देवेन्द्र घर्तीमगरलगायतका युवा नेताहरूले प्रदर्शन जारी राखेका छन् ।

पौडेल समूहमा पौडेल, पूर्वमहामनत्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरु सबै चाक्सीबारी बैठकमा सहभागी छन् । मंगलबार दिउँदो १ बजेबाट जारी बैठक चलिरहेको छ ।

पौडेल पक्षबाट चार जना सभापतिका आकांक्षी देखिएकाले को उम्मेदवार बन्ने भन्ने एकिन भएको छैन । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा नै सभापति उठ्दैछन् ।

देउवासँग असन्तुष्ट भएका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घोषणा गरिसकेका छन् । पौडेल पक्षमा सभापति पदका लागि साझा उम्मेदवार छान्न चौतर्फी दबाब परिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...