वायुसेवा निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्छ : मन्त्री आले

Prem ale 02 54

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी पनि गरे ।

खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उनले बताए । आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको उनले बताए ।

अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताए ।
 

प्रतिकृया दिनुहोस