राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथग्रहण 

Raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथग्रहणसँगै उनीहरूलाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ ।

नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ गराएका हुन् । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङदेनले शपथ खुवाएका थिए ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी उपस्थित थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएनन् । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आज (आइतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनीत गर्नेछन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...