४०० मत गन्दा पौडेल समूहका शुक्रराजको अग्रता कायमै, शर्माले २०४ र जोशीले १९६ मत पाए

Sukraraj sharma gandaki

पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । मतगणना भने जारी छ ।
खसेको ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले २०४ र अर्जुनप्रसाद जोशीले १९६ मत पाएका छन् ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।

दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूको भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संसथापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पौडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

गण्डकी प्रदेशको मतगणना शनिबार राति आठ बजेदेखि मतगणना सुरु गरिएको थियो । मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए । गण्डकीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन ।

प्रतिकृया दिनुहोस