ओली अध्यक्ष बने एमाले महाधिवेशन सफलता  : नेम्वाङ  

1577249884 subash nembang

काठमाडौँ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली नै चयन भए महाधिवेशन सफल हुने बताएका छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आएका नेम्वाङले ओलीको नेतृत्वमा पदाधिकारी सर्वसम्मत चयन भए महाधिवेशन भव्य रूपमा सफल हुने प्रतिक्रिया दिएका हुन् ।

आफू कुन पदमा आकांक्षी रहेको भनेर नखुलाएका उनले एमालेको नेतृत्व पुन ओलीले नै गर्नुपर्ने दोहोर्‍याए । ‘भोलि महाधिवेशन उद्घाटनपछि बन्द सत्रमा प्रवेश गर्छौँ । त्यसपछि सबै प्रक्रिया सुरू हुन्छ । हामी भनिरहेका छौँ, जस्तो हामी जुन ठाउँमा उभिएका छौँ । हामी चुनौतीका बीचमा छौँ । हामी महाधिवेशनलाई भव्यताका साथ सफल बनाएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छौँ’, उनले भने ।

अध्ययक्षमा ओली नाम विवादमा नरहेको बताएका नेम्वाङले भने, ‘अध्यक्ष ओलीमा विवाद छैन । उहाँले केही नभने पनि सिंगो देशले ओलीको अध्यक्षतामा बन्ने एमाले चाहेका छन् ।’  आफूले पनि ओलीलाई अध्यक्षमा दोहोर्‍याउनुपर्ने पक्षमा रहेको बताएका उनले ओली नेतृत्वमा सर्वसम्म नेतृत्व चयन गर्नुपर्ने बताए ।

‘म ओलीलाई अध्यक्षमा दोहोर्‍याउनुपर्छ भन्ने पक्षमा छु । उहाँको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने । त्यो भयो भने यो महाधिवेशन भव्य रूपमा सफल भएको सन्देश जान्छ । त्यसको लागि प्रयास गर्ने थलो महाधिवेशन नै हो । कथमकदाचित निर्वाचन हुने भयो भने पनि त्यो त्यहीँबाट टुंगिन्छ । सबै पदाधिकारीको टुंगो हामी महाधिवेशनबाट गर्छौँ’, नेम्वाङले भने ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...