एमाले महाधिवेशन सुरक्षाका लागि केन्द्रबाट एआईजी र डीआईजी चितवन जाँदै

Uml mahadibesan 1

काठमाडौँ । भोलिदेखि हुन लागेको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) चितवन जाने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने भएकाले एक जना एआईजी र दुई जना डीआईजी चितवन जान लागेका हुन् ।

प्रहरी स्रोतका अनुसार एआईजी सहकुल थापा, डीआईजी प्रकाशजंग कार्की र दिवेश लोहनीको आज साँझसम्म चितवन पुग्दैछन् ।

एमालेका अध्यक्ष केपी ओलीलगायत स्थायी कमिटीका नेताहरू पनि आज नै चितवन जाँदै छन् । महाधिवेशन सुरक्षाका लागि चितवनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अनुसन्धान विभागका गरी १४ सय ५५ जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् ।

 

प्रतिकृया दिनुहोस