राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा, ८५ देखि ९० प्रतिशत काम सम्पन्न

Census nep 1024x538

काठमाडौं । राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका उनले बताए । 

अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति छुटेको भए गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न उनको आग्रह छ । शुक्रबारसम्ममा गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले कोही छुटेको भए सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...