लिखित राजीनामा दिने तयारीमा भीम रावल

1602498822 4wodj

काठमाडौँ । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा बनाइएको कार्यदलबाट राजीनामा दिएका एमालेका उपाध्यक्ष भीम रावलले लिखित राजीनामा बुझाउने तयारी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको कदम र अभिव्यक्तिप्रति असन्तुष्ट नेता रावलले एक स्थायी कमिटी बैठकमा राजीनामा दिने मौखिक घोषणा गरेका थिए ।  तर उनले हालसम्म लिखित राजीनामा भने बुझाएका छैनन् ।

तर नेता रावलले भने आफूले आफ्नो पदका लागि नभई पार्टीका लागि राजीनामा दिन लागेको बताउंदै आएका छन् । केन्द्रीय कमिटीमा १० प्रतिशत थप्नका लागि कार्यदलले गृहकार्य गर्ने निर्णय भएको थियो ।

तर त्यसमा कुनै छलफल नगरी दुई जना केन्द्रीय कमिटीका सदस्य प्रभु साहसँग कुराकानी भएको हुनाले राख्नुपर्छ भन्ने कुरा आयो। ‘त्यो कुनै विधि पद्धति निर्णयसम्मत भएन भनेर त्यसप्रति पनि असहमति छ, उनले भनेका थिए । 
 

प्रतिकृया दिनुहोस