एमालेको १०औँ महाधिवेशनको तयारी सुरु

Yemale central

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ ।

नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक निर्णय गर्ने स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

प्रतिनिधिहरुलाई आउन जान सजिलो हुने र ऐतिहासिक, राजनीतिक हिसाबलेसमेत उपयुक्त ठाउँ चितवन भएकाले महाधिवेशन हुने स्थान तोकिएको बताइएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएजस्तो प्रचण्डलाई चुनौती दिन महाधिवेशन चितवनमा गर्न लागिएको भन्ने तर्क निराधार रहेको भन्दै चितवनमा हुने महाधिवेशनले पार्टीलाई थप एकतामा बाँधिएको सन्देश दिने रावलले बताइन् । 

एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । उद्घाटन सत्रमा कम्तिमा ५ लाख सहभागी हुने र उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको बताए । 

महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुने भन्दै उनले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत गरे । 

प्रतिकृया दिनुहोस