बाढी पहिरोमा मृत्यु हुनेको संख्या एक सय चार पुग्यो : कम्तिमा ४० जना घाइते, ४३ बेपत्ता

Barekot pahir2021 65

काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । गृह मन्त्रालयको हिजो बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४३ जना हराईरहेका छन् ।

बाढी पहिरोले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८, इलाममा १४, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १÷१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ । २० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् ।

डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ । २१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ पशुचौपाया मरेका छन् । विपद्‍का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...