पहाडी क्षेत्रका केही स्थानबाहेक देशभरको मौसम सफा

Weather nepal

काठमाडौं । आज पहाडी क्षेत्रका केही भागबाहेक देशभरको मौसम सफा रहने छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ ।

त्यसैगरी आज राति देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुनेछ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ ।

हाल नेपालको मौसममा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस