महिला हिंसा रोक्न दलित महिला संगठित, सुनारको अध्यक्षतामा बन्यो समिति

Dalit mahila sangathan

काठमाडौं । दलित समुदायका महिलामाथि हुने गरेको अन्याय, अत्याचार र हिंसाविरुद्ध लाग्न दलित समुदायका महिलाहरु एकजुट भएका छन् ।

बुटवलमा दुई दिनसम्म चलेको प्रतिनिधिमुलक भेलाले जातीय छुवाछूत, विभेद र लैंगिक हिंसाविरुद्ध देशब्यापी रूपमा अभियान संचालन गर्ने उदेश्यसहित दलित महिला संगठन घोषणा गरेको छ ।

सात प्रदेशका करिव ३० जिल्लाबाट सहभागिता रहेको सो भेलाले सरु सुनारको अध्यक्षता दलित महिला संगठनको तदर्थ समिति घोषणा गरेको छ । जसको महासचिवमा नवलपुरकी रत्न बराइलीलाई चयन गरेको छ ।

दुई दिनसम्म चलेको सो भेलाले सात वटै प्रदेशमा प्रदेश इन्चार्ज घोषणा गरेको छ । तथापि सो तदर्थ समितिमा रहेका अन्य सदस्यहरका नामावली भन सार्वजनिक गरिएको छैन ।

दलित महिला तेहोरो शोषणमा पर्दै आएको र दलित समुदायका महिलाले नै भोग्नुपरेको समस्या अझैं उठान हुन नसकेको र दलित महिलाको मुद्दामा विभिन्न संघसंस्था मौन रहेकाले संगठित आवाज उठाउन देशभरका दलित समुदायका महिलाहरु एक बनेको अध्यक्ष सुनारले बताइन् ।

विभिन्न जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै आएका दलित महिलाहरुले आफ्नो आफ्नो जिल्लाको रिपोर्टिङमा दलित महिला माथिको हिंसा यो बोलेर र ब्याख्या गरेर शब्दमा बयान गर्न नसकिने बताएका थिए ।

प्रतिकृया दिनुहोस