महाधिवेशनको मिति सार्ने विषयमा कुनै छलफल भएको छैन :  विश्वप्रकाश शर्मा

1592150610bishwo.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  पार्टीको १४औं महाधिवेशनको मिति सार्ने विषयमा कुनैपनि छलफल नभएको बताएका छन् ।

शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता शर्माले महाधिवेशनको मिति सार्ने विषयमा कुनै पनि छलफल नभएको जानकारी गराएका हुन् ।

बैठकपछि बोल्दै उनले भने, महाधिवेशनको मिति हेरफेर गर्ने विषयमा छलफल भएको छैन, त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत रुपमा जान्छौं ।’

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता टुंगो लगाउने र अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र केहि जिल्लामा दसैअघि पालीका अधिवेशनमात्रै गर्ने निर्णय भएको शर्माले बताए । उनले छिटै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस