सशस्त्रका १० जना डिआइजीहरुको सरुवा, को कहाँ सरुवा भए ?

Apf headqurter

काठमाडौं । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरीय निर्णय गर्दै सशस्त्र प्रहरीका १० जना डिआईजीहरुको काज सरुवा गरेका छन् ।

डिआईजी अभिकुमार खत्रीलाई कर्णाली प्रदेशमै यथावत रहेका छन् भने मन्दीप श्रेष्ठ प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।

डिआईजीहरुमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश, शम्भु सुवेदी गण्डकी प्रदेश, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, दुर्गा भट्टराई सुदुरपश्चिम प्रदेश, राजु अर्याल मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय र वंशि दाहाल ९ नम्बर बाहिनीमा सरुवा भएका छन् ।

 

प्रतिकृया दिनुहोस