प्रतिनिधि सभाको बैठक असोज ११ गते सम्मलाई स्थगित

242461610 264307579028806 1794277981228913228 n

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक असोज ११ गते (सोमबार) बस्ने भएको छ। जारी नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक बजेटसम्बन्धी २ वटा विधेयक पारित भएपछि स्थगित भएको हो ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बिहीबार पनि बैठक सुरु भएदेखि नै नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीबारको बैठकबाट पारित भएका छन्।  

विधेयकहरु पारित भएपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक असोज ११ गते (सोमबार)२ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...