ओलीसँग कुरा नमिलेपछि एमाले छाड्ने मोडमा भीम रावल, सुदूरपश्चिम पुगेर थाले आफु निकटका व्यक्तिसँग परामर्श

Bhim rawal

काठमाडौँ । एमाले विभाजन  भएपछि उपाध्यक्ष भीम रावल पहिलोपटक सुदूरपश्चिम पुगेका छन् । उनलाई त्यहाँका कार्यकर्ताहरुले पार्टी कार्यालय पुर्याएका छन् ।

पार्टी कार्यालय पुगेका रावल अहिले नेताहरुसँग छलफलमा व्यस्त देखिएका छन् । एमाले सुदूरपश्चिमको इन्चार्जका विषयमा विवाद भएपछि उनी त्यहाँ पुगेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि पार्टी छाड्ने मूडमा पुगेका रावलले त्यहाँका नेताहरुसँग पार्टी छाड्ने या नछाड्ने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी एक नेताले रावल एमाले छोड्ने मूडमा रहेको बताए । रावलको भनाइ उदृत गर्दै उनले भने, ओलीले दस बुँदे सहमति कार्यान्वयन नगरेपछि हामीलाई अप्ठेरो परेको छ । तपाईहरूले सल्लाह दिनुपर्यो, एमाले छोडौं कि नछोडौं भनेर ।

ओलीले सुदुरपश्चिमको इञ्चार्जमा पूर्व माओवादीका नेता लेखराज भट्टलाई नै निरन्तरता दिएपछि ओलीसँग असन्तुष्ट रहेका रावलले १० बुँदेलाई अक्षरस पालना गर्नुपर्ने बताए । तर, उनले पार्टी फुटाउने विषय कुनै व्यक्तिको स्वार्थबाट केन्द्रित भएको पनि उल्लेख गरे ।

आफूहरूले अझै विचार गरेर अघि बढ्न सुझाएको ती नेताको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...