प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेले गर्‍यो अवरोध   

241442938 256019636524267 5514489394739790928 n

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले संसद्मा अवरोध जारी राखेका छन् ।

आजको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन् ।

एमाले सांसदले निरन्तर रूपमा संसद्मा अवरोध गर्दै आएका छन् । त्यस्तै, सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

एमालेले सभामुखलाई पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्लाई पदमुक्त गरेको सूचना टाँस गर्ने या मार्गप्रशस्त गर्ने विकल्प दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...