सर्वदलिय बैठकमा सभामुखलाई दलहरुको सुझाव, ‘एमालेसँग संवाद नगरेसम्म निष्कर्षमा पुग्न सकिँदैन्’

Sarbadaliya baithak

काठमाडौँ । संसदमा रहेका दलहरुले एमालेलाई संवादमा ल्याउन प्रयास गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

सर्वदलीय बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एस० का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु उपस्थित रहेका थिए ।

आजको बैठकमा एमाले भने अनुपस्थित रहेको थियो ।  

प्रतिकृया दिनुहोस