एमालेको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा समाहित, पार्टी कार्यालयको उद्घाटन

Samajbadi dkt ofice suru

धनकुटा । नेकपा एमाले विभाजनअघि बनेको समानान्तर समिति नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।

नेकपा एमाले धनकुटाका समानान्तर जिल्ला कमिटीको बैठक बसी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको हो । एमालेमै हुँदा मावकवुमार नेपाल समुहले सबै जिल्लाहरुमा समानान्तर समिति बनाएको थियो । सोही क्रममा धनकुटामा पनि अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय समानानतर समिति बनाएको थियो ।

धनकुटामा एमालेबाट स्थाीय तहमा निर्वाचित जनप्रतिनिधिहरु शुन्य रहेको दावी गरिरहँदा हाल धनकुटामा १० जना जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन् । जसमा जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत छन् । साथै वडा अध्यक्षहरु पनि धमाधम समाजवादीमा खुल्न थालेको बताइएको छ ।

आज धनकुटामा अर्जुन राईको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सदस्यहरु धर्म पौडेल, दुर्गा लिंखा, टेकरत्न चोम्जोङ, सुरेन्द्र पौडेल, जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख बंगला राई, प्रदेश कमिटी सल्लाहकार डा. गोपालबहादुर भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

एकीकृत समाजवादीमा समाहित भएसँगै समाजवादीले धनकुटा ७ पार्टी कार्यालयको समेत स्थापना गरेको छ । सो पार्टी कार्यालयको केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले उद्घाटन गरे ।

पार्टी कार्यालयको उद्घाटन गर्दै केन्द्रिय सदस्य बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिकै कारण एमालेमा विभाजन आएको र कम्युनिष्ट पार्टीलाई थप बलियो बनाउन एकीकृत समाजवादी पार्टीको स्थापना गर्न बाध्य भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...