एमसीसी सम्झौता खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन

Mcc birodi

काठमाडौँ । एमसीसी सम्झौता खारेजीको माग गर्दै अमेरिकी राजदूतावासअगाडि प्रदर्शन गरिएको छ । महाराजगञ्जस्थित अमेरिकी दूतावासको अगाडी एमसीसी खारेज राष्ट्रिय अभियान नामक समूहले शुक्रबार बिहान दूतावास अगाडि प्रदर्शन गरेको हो ।

दूतावास अगाडि प्रदर्शन गर्ने युवा जनसेवक नेपालको केन्द्रीय अध्यक्ष जनक ढुंगाना, उपाध्यक्ष कुलदीप शर्मा, एमसीसी खारेजी अभियानका अध्यक्ष निर्ग जैसीलगायतलाई प्रहरीले दूतावास अगाडिबाट पक्राउ गरेको थियो ।

विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौँ आउने भएका छन् ।

आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस