एमाले विभाजनविरुद्ध मुद्दाको प्रारम्भिक सुनुवाइ आज

Suprimcod

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दाको आज शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजनविरुद्ध दायर गरेको रिट निवेदन न्यायाधीश मीरा खड्काको एकल इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको हो।

आफ्नो पार्टीबाट अलग भई वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेपछि एमाले अध्यक्ष ओलीले गत बुधबार सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

निर्वाचन आयोगविरुद्ध दायर रिट निवेदनमा बदनीयतपूर्ण र अनधिकृत व्यक्तिहरूले गरेको हस्ताक्षरलाई मान्यता दिएको दाबी गर्दै अन्तरिम आदेश माग गरिएको छ।

यस्तै आफूले कारबाही गरेका १४ जना एमाले सांसदलाई पदबाट हटाउने निर्णय नगरेको अभियोग सभामुख अग्नि सापकोटालाई लगाइएको छ।

यस्तै रिट निवेदनमा लुम्बिनी प्रदेशका सभामुखले पनि आफ्नो पार्टीको पत्रबमोजिम प्रदेश सांसदहरूलाई कारबाही नगरेको अभियोग लगाइएको छ। 

 

प्रतिकृया दिनुहोस