पर्वतमा पहिरोमा परी ५ जनाको मृत्यु, ३ जना अझैं वेपत्ता

Parbat pahiro

पर्वत । अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा ६ जनाको मृत्यु भएको छ । गएराती २ बजे आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

पहिरोमा परि मृत्यु हुनेहरूमा मोदी गाउँपालिका अम्बोटकी ५० वर्षीया फुलमाया थापा, कुश्मा नगरपालिका ११ सिल्मीकी ३८ वर्षीया दुर्गा पौडेल, उनका छ वर्षीय छोरा ६ गणेश पौडेल, कुश्मा नगरपालिका ३ दुर्लुङकी १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिला पौडेल रहेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

पहिरोमा परी दुर्लुङकै ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेल बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।दुर्लङको पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुने एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस