लाग्यो कांग्रेसलाई महाधिवेसन : आजदेखि वडा अधिवेसन सुरु, यसरी चुनिँदैछन् नयाँ समिति

Nepali congres 19

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

आजदेखि क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको बताए ।

कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ । किनभने २७ भदौमा गाउँ/नगर अधिवेशन हुनेछ । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ । पार्टीका प्रवक्ता शर्माले जिल्लाको आन्तरिक वस्तुस्थिति, कोरोना भाइरस सङ्क्रमण, जिल्लाका समस्यालगायतका आधारमा वडा अधिवेशनको कार्यतालिका केही दिन पर पर्न सक्ने अवस्था रहेको बताए ।

निर्वाचन केही दिन पर सरे पनि जिल्लाभर वडा अधिवेशन भने एकै दिन गर्नुपर्ने छ । ढिलामा पनि भदौ २६ गतेभित्र वडा अधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने छ । पार्टीले भदौ २७ गते ७५३ वटै स्थानीय तहको अधिवेशन गर्ने कार्यतालिका राखेको छ ।

पार्टीको वडा अधिवेशनले पार्टीको वडा कार्यसमिति गठन गर्नेछ भने वडाबाट क्षेत्रीय प्रतिनिधिहरू चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगरसमितिको निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्नेछन् । पार्टीको सबैभन्दा तल्लो तहको सङ्गठन गाउँ तथा नगरपालिकाको वडा समितिका सभापतिलगायतका प्रमुख पदहरू निर्वाचनकै माध्यमबाट चयन गरिँदैछ ।

गाउँ तथा नगरमा वडा समितिका सभापति, दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव वडाभित्रका क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएरै आउनुपर्ने छ । वडा कमिटीको कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने व्यवस्था छ । यसअघि १३औँ महाधिवेशनमा काँग्रेसको गाउँ तथा नगर कमिटी वडामा सभापति, सचिव र कोषाध्यक्ष मात्र निर्वाचित हुने प्रावधान थियो ।

वडाको उपसभापति, सचिव, सहसचिवलगायतका पदमा सभापतिले मनोनीत गर्ने प्रावधान थियो । पार्टीको विधानअनुसार क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगर वा गाउँ वडा कार्यसमितिको सभापतिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छ ।

शर्माका अनुसार विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधि ३३ प्रतिशत सुनिश्चित गरिएको छ भने दलित, जनजाति, मधेशी, मुस्लिम र पिछाडिएको क्षेत्रको सहभागीता सुनिश्चिताका लागि पनि आरक्षण सुनिश्चित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...