धनकुटामा भदौ मसान्तसम्म निषेधाज्ञा थप

Dhankuta bajar

धनकुटा । धनकुटामा कोरोना संक्रमण कम भइरहे पनि जिल्ला प्रशासन कार्यालयले पुनः निशेधाज्ञा थप गरेको छ । यद्यपि पछिल्लो समय धनकुटामा निशेषज्ञाको कुनै पालना भने गरिएको छैन ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै धनकुटामा भदौ ३१ गतेसम्म जिल्ला भर लागु हुने गरि पुनः निशेधाज्ञा समय थप गरेको छ ।

यसअघि हिजो राती १२ बजे सम्मलाई मात्र लागु गरिएको निषेधाज्ञालाई थप गरि भदौ मसान्तसम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिए ।

निशेधाज्ञा भनिए पनि सबै प्रकारका पसल, अन्य व्यावसाय लाई स्वाथ्य मापदण्डको पालना गरि खोल्न दिएको छ । सबै खाले सार्वजनिक यतायतका साधन खोल्न दिएको छ । विद्यालय भने खोल्ने अनुमती दिएको छैन् । सभा जलुस, दर्शक जम्मा भएर खेलाईने खेल लाई पनि संचालन गर्न पाईने छैन ।

साथै यस समयमा पर्ने चाड पर्वलाई समेत भिड भाड नगरी संकेतिक रुपमा मात्र मनाउन अनुमती दिएको छ । त्रिभुवन विश्वविद्यालय लोक सेवा आयोगले संचालन गर्ने परिक्षा समेत नेपाल सरकारले जारी गरेका स्वाथ्य मापदण्डको पूर्ण पालना गरि संचालन गर्न दिइने भएको छ ।

प्रतिकृया दिनुहोस