काँग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

Supreme court 210

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको बताइएको छ ।

अहिले नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । नेताहरुले महाधिवेशनका लागि विभिन्न पदहरुमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस