गोरखामा निषेधाज्ञा खुकुलो : सवारी सधानमा जोर बिजोर प्रणाली हट्यो, अब सबै विद्यालयहरु खुल्ने

Dao gorkha

काठमाडौँ । गोरखामा एक साता अघि निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ ।

भदौ १९ गते देखि जोर बिजोर हट्नेछ भने बजार पनि दिनभरी खुल्ने आज बसको डिसिसिएमसीको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

बजार बेलुकी सात बजे सम्म खुल्नेछ । होटल रेष्टुरेन्ट पनि बेलुकी ९ बजे सम्म खोल्न पाईनेछ । ब्यूटिपार्लर, शैलुन पनि खुल्ने भएका छन् । निषेधाज्ञाका कारण पाँच महिनादेखि बन्द गोरखाका विद्यालय अब खुल्ने भएका छन्।

केही स्थानीय तहले विद्यालय संचालन सुरु गरिसकेका छन् भने केहीले निषेधाज्ञाका कारण सुरु गरेका छैनन् । बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।

अनलाईन कक्षाका कारण सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित स्थानीय तहहरु भौतिक रुपमा विद्यालय खोल्न तयार छन् ।

कोरोना संक्रमणको अवस्थालाई अध्ययन गरेर विद्यालयलाई अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डा पालना गर्न लगाएर स्थानीय विद्यालय संचालनका लागि निर्णय गर्न सक्नेछन् ।

डिसिसिएमसीको यो निर्णयले गोरखाका विद्यालयमा अब पढाई सुरु गर्न सहज भएको छ । कहिलेबाट विद्यालय खोल्ने भन्ने निर्णय भने विद्यालय, वडा र स्थानीय तहले गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस