पहिरोमा परी कास्कमिा ३ जनाको मृत्यु, ४ जना घाइते

Pahiro 1

पोखरा । अविरल वर्षाका कारण पहिरोमा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

बुधबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना टोलमा ब्लकको घर पहिरोले भत्किँदा ४२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर घाइते भएकी नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

मृतक लक्ष्मी नेपालीको १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचारपछि आज विहान अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।

त्यस्तै, भारी वर्षाका कारण पोखराको भलाममा ३५ वर्षीय सुनमाया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठको ब्लकले बनेको घर पहिरोले पुरिँदा घाइते भएका श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका श्रेष्ठका ९ वर्षिय छोरा राजकुमार श्रेष्ठको मणिपालमा उपचार भइरहेको छ । त्यस्तै, घटनामा परेर श्रेष्ठका अर्का ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । वेपत्ता भएका बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस