दाङमा बाढीले गाडी बगाउँदा दिदीबहिनीसहित ४ जनाको मृत्यु

Jip badhi le bagayo

दाङ । दाङमा बाढीले जीप बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । चालकको प्रहरीले उद्धार गरेको छ ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवरको मृत्यु भएको छ । त्यस्तै बेपत्ता भएका घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीको पनि मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । राधा र शुसीला घोराही उपमहानगरपालिका -१६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् ।

भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो ।

गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक ४ जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस