म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनियो

Gurja nadi

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ ।

धौलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ । तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त्यालले बताए ।

नदी थुनिएको ठाउँमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस