आज २ बजे कांग्रेस पदाधिकारी बैठक बस्ने, सदस्यता विवाद टुंग्याइने

Congress meeting

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

क्रियाशिल सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पुर्‍याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिएका हुन् ।

आजको बैठक आसन्न १४औं महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवाद टुंग्याउनमा केन्द्रित रहनेछ । बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यका लागि सूचीकृत सदस्य विरुद्ध परेका उजुरी टुंग्याउन मापदण्डसमेत बनाउने रहेको छ ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ ।

कांग्रेसमा क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यहरुबारे विवाद देखिएको छ । सूचीकृत नामकाबिरुद्धमा कयौं उजुरी र गुनासाहरु दर्ता भएको समितिले जनाएको छ । प्रदेश २ का ८ जिल्लासहित मोरङ र सुनसरीबाट धेरै उजुरी परेका छन् ।

हालसम्म जम्मा ५० जिल्लाको क्रियाशील सदस्य छानबिन समितिले टुङ्गो लगाएको छ । २४ जिल्लाका क्रियाशील सदस्य छानबिन गर्न बाँकी छ । ती मध्ये १५ जिल्लाबाट परेका उजुरी गम्भीर प्रकृतिको भएको क्रियाशील सदस्य छानबिन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...