फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १२७ रुपैयाँ पर्ने

Petrol pamp

काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारी साधनहरु जोर विजोर नम्बरका आधारमा चल्न थाल्यो । तर त्यसको दोस्रो दिनै पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।

गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।

निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

प्रतिकृया दिनुहोस