युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या !

Santoshi subba

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।

काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको थियो । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।

घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको थियो । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो ।

प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

सन्तोषी कोइली, काग, कुकुर, कुखुरा, बाँदर, बाघ, स्याल, विरालो, बाख्रा, गाई, भैसी, बिरालोको गरी १९ वटा पशुपंक्षीको ४१ वटा आवाज निकाल्‍न सक्छिन् । उनलाई राजधानीको कालोपुलस्थित गुरुङचौरमा डेरा गरी बस्दै आएका ४९ धने तामाङले धर्मपुत्रीको रुपमा पाल्दै आएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...