५२ एसपीको सरुवा : को कहाँ ? (सुची)

Nepal police headquarter

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

आकर्षक मानिने जिल्ला कास्कीको प्रमुखमा आइजीपी सचिवालयका एसपी रमेश थापाको सरुवा भएको छ । एसपी थापा नेपाल प्रहरीमा स्वच्छ, इमान्दार र व्यावसायिक प्रहरी अफिसरका रुपमा परिचित छन् ।

त्यस्तै, दानबहादुर कार्कीको कपिलवस्तु, दिनेश मैनालीको तनहुँ, नकुल पोखरेलको धनकुटा, पदमबहादुर विष्टको सुर्खेत, विश्व अधिकारीको कैलाली, मनोजकुमार केसीको रुपन्देही, मनोज यादवको पश्चिम नवलपरासी सरुवा भएको छ ।

यस्तै भक्तपुर प्रहरी प्रमुखमा एसपी शिवकुमार श्रेष्ठको सरुवा भएको छ । यस्तै दानबहादुर कार्कीको कपिलवस्तु र रमेश थापाको कास्की प्रहरी प्रमुखमा सरुवा भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...