मोटरसाइकल दुर्घटनामा धनकुटा मुगाका कृष्ण थापाको मृत्यु

Krishna thapa 1

धनकुटा । मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस धनकुटाका सचिव कृष्णबहादुर थापासहित २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी पाख्रीवास नगरपालिका–७ मुगाका २७ बर्षीय भीमबहादुर थापाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरित दिसावाट आउँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिएको थियो भने सोही क्रममा धनकुटाबाट झापा जाँदै गर्दा थापा सवार को २९ प ९५५० मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा हिजो राती साँढे ९ बजे मृत्यु भएको हो ।

उनको शवलाई सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनको आजै मुलघाटमा अन्त्येष्टी गरिने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

पछिल्लो समयमा नेपाली कांग्रेसका निक्कै सक्रिय रुपमा लागेका थापा गत स्थानीय निर्वाचनमा राप्रपाबाट पाख्रिवास नगरपालिका वडा नं. ७ बाट वडाध्यक्षमा उम्मेदवार बनेका थिए । उनी गत वर्ष मात्रै सुर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापासँगै नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

दुर्घटनामा घाईते भएका अर्को मोटरसाइकलमा सवार इटहरी–४ का ३५ बर्षीय दिपु साहको पनि मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस