सिन्धुपाल्चोकमा आएको बाढीमा परी विदेशीसहित २३ जना अझै बेपत्ता (पूर्ण विवरणसहित)

Melamchi flood

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीमा परी हालसम्म भारतीय र चिनियाँसहित २३ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुने २३ जना मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् ।

हेलम्बु गाउँपालिकाले शनिवार बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा असार १ गते गएको पहिरो र बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको जनाएको छ ।

गत असार १ गतेदेखि सो गाउँपालिकाको वडा नं. १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोको कारण आएको बाढीले ठूलो धन जनको क्षति पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी विष्णुहरी तिमिल्सिनाले जनाएका छन् ।

गाउँपालिकाले शनिवार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण सार्वजनिक गरेको छ । बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकारी तिमिल्सिनाले सार्वजनिक गरेको विवरण अनुसार बाढीले बेपत्ता हुनेहरुमा हल्दे भन्ने स्थानका बर्ष ३५ का सुनिल तामाङ, बर्ष ३५ का पूर्ण तामाङ, बर्ष ५० का कामी तामाङ, उनकी ८० बर्षकी आमा नोकी तामाङ रहेका छन् ।

ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्ममा काम गर्ने अन्दाजी बर्ष ३५ का नाम नखुलेको एक महिला र उनका २ बर्षका एक छोरा पनि बेपत्ता भएका छन् ।

बेपत्ता हुने अन्यमा भण्डारी ट्राउट फर्म किउलका बर्ष ३१ मा माधव भण्डारी, चुरेटार १ का ४२ बर्षका गणेश ज्योति, भण्डारी ट्राउट फर्ममा काम गर्ने बर्ष २३ का सुरेन्द्र नेपाल र पाल्चोक सेराक बर्ष ६६ बर्षकी दिकुमारी खड्का रहेकी छिन् ।

यसैगरी जय बागेश्वरी ट्राउट फर्ममा काम गर्ने बर्ष ५० का च्याङ्बा तामाङ, उनकी ४५ बर्षकी श्रीमती काली तामाङ्लाई बाढीले बेपत्ता पारेको छ । यस्तै चालिसे फाँट हल्देका ४६ बर्षका भिम प्रसाद भण्डारी र ९० बर्षका तस्वीर तामाङ पनि रहेका छन् । हेलम्बु चनौटेका ५५ बर्षका ज्ञानेन्द्र कक्षपति बेपत्ता भएका छन् ।

 

प्रतिकृया दिनुहोस