यसै सातादेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, के के छ नयाँ मापदण्ड ?

Qatar airways

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको यसै सातादेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने भएको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने जनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारत बाहेकका गन्तव्यमा वैशाख २३ देखि नियमित उडान बन्द गरिएको थियो ।

वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत बैठकको छ । अब १० दिनसम्मको क्वारेन्टाइन खर्भ सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण बन्द भएका नियमित उडानहरूमध्ये जेठ अनितम हप्तादेखि टर्की, चीन र कतारका लागि सीमित नियमित उडान खुला गर्ने सरकारी निर्णयअनुसार २४ गते सोमबारबाट कतारको दोहामा उडान सुरू भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...