५ वर्षदेखिको अनैतिक सम्बन्ध जोगाउन श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या !

Dipak panday

बुटवल । जेठ ५ गते कपिलवस्तु नगरपालिका –३ गोबरीमा कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि अज्ञात समुहले गोलाी हानेर हत्या गर्ने प्रयास गर्यो ।

गोली प्रहारपछि घाइते भएका उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । सो घटना भएलगत्तै प्रहरीले ‘माइक ह्विस्की’ नाम दिएर अप्रेशन चलायो । धेरै अनुसन्धान पनि गर्यो ।

घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलि पखिया, कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीसमेत पक्राउ परेका छन् ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि पनि पक्राउ गरे ।

अन्ततः प्रहरीको अप्रेसनले कपिलवस्तुका माओवादी नेता पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको पत्ता लगायो । हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्यो ।

कपिलवस्तु प्रहरीले चलाएको ‘माइक ह्विस्की’ अप्रेशनबाट हत्यामा संलग्नहरुको पहिचान भएको हो । प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानबाट हत्यामा संलग्नलाई पत्ता लगाएको हो ।

घटनामा संलग्न ओमप्रकाश यादवसँग अनैतिक सम्बन्ध रहेकी मृतक दीपककी श्रीमती महिमाकै योजनामा हत्या गरिएको अनुसन्धानमा खुलेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

दीपकलाई गोली प्रहार गर्दा ओम प्रकाश यादव उर्फ प्रकाशले मोटरसाइकल चलाएका थिए । कपिलवस्तु नगरपालिका–१ आनन्दबाग घर भएका ३९ वर्षीय यादव र दीपक पत्नी महिमा विवाहेत्तर सम्बन्धमा थिए ।

‘विगत ५ वर्षदेखि उनीहरुको बीचमा अनैतिक सम्बन्ध रहेको खुल्न आएको छ,’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले भने, ‘पत्नीकै योजनामा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।’
दीपकको पत्नीसँगको विवाहेत्तर सम्बन्धका कारण ओम प्रकाशले विगत ३ वर्षदेखि हत्या योजना बनाएर हतियार खरिद गरेका थिए ।

प्रहरीले मुख्य योजनाकार महिमासहित हतियार उपलब्ध गराउने गिरोहलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले पाण्डे हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग गरेका ६ जनालाई नै नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...